१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Saturday, 05 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ असोज १७ बिहीबार १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुखुरा फार्मभित्र जुवा खेलिरहेका १२ जना पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार १६:५१:oo

कञ्चनपुरको भीमदत्त नगरपालिका– १४, बनकट्टीमा कुखुरा फार्मभित्र जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार बनकट्टीका स्थानीय अमरसिंह कुँवरको खुकुरा फार्मभित्र जुवा खेलिरहेको अवस्थामा तासको गड्डी र नगदसहित १२ जनालाई पक्राउ गरिएको हो।

जुवाखालबाट एक लाख ६ हजार ४७० रुपैयाँ बरामद भएको छ। पक्राउ पर्नेमा भीमदत्त– १४ बनकट्टीका राजेन्द्र खाती, वसन्त कुँवर, गोरख कुँवर, रोशन विष्ट, शेरबहादुर कुँवर, वडा नं. ३ का जगत धामी, वडा नं. २ का राजेन्द्र तिवारी, वडा नं. ७ का गौतम विष्ट, शुक्लाफाँटा– ३ का दीपक बोहरा, धनगढी– २ का पदम भाट र गौरीगंगा– ४ का जगतबहादुर धामी रहेका छन्।

प्रहरीले उनीहरूमाथि थप कारबाही अघि बढाएको जनाएको छ। कञ्चनपुर प्रहरीले गैरकानुनी रूपमा चाडपर्वको नाममा जुवातास नखेल्न आग्रह गरेको छ।