मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Friday, 28 August, 2026
२o८१ असोज १७ बिहीबार १४:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेतमा माटो खन्ने क्रममा ढुंगाले च्यापिएर महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार १४:५९:oo

सुर्खेतमा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापेर एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान गुर्भाकोट नगरपालिका– ७ सानोठकेनीमा ३८ वर्षीया ज्योति वलीको मृत्यु भएको हो।

दसैँका लागि घरनजिकै खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट आएको ढुंगाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

उनका अनुसार हाल इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम खड्काको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।