१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार ०८:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संविधान संशोधन नभए सडकमा  जाने समाजवादीको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार ०८:२२:००

समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा समानता स्थापना गर्न अझै संघर्ष चाहिने बताएका छन् । संविधानले जातीय र क्षेत्रीय भौगोलिक विविधता समेट्न नसकेको भन्दै उनले संविधानलाई पूर्ण बनाउन संघर्ष गर्नुपर्ने जिकिर गरेका हुन् । 

समाजवादी पार्टीले विराटनगरमा गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले मुलुकमा असमानता र विभेद अन्त्य नभएसम्म समृद्धि नआउने दाबी गरे । उनले जनअपेक्षाअनुसार संविधान संशोधन नभए मुलुकका लागि दुर्भाग्य हुने बताए । 

कार्यक्रममा बोल्दै अर्का अध्यक्ष उपेन्द्र यादवले पनि संविधान संशोधन नभए सडक संघर्ष गर्ने चेतावनी दिए । आफू अहिले पनि संघर्षमा रहेको भन्दै उनले सदनको संघर्षबाट आफ्ना माग पूरा नभए सडकमा जाने चेतावनी दिए ।