१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १५ मंगलबार २o:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिस्नेरी खानेपानी आयोजनाको काम बढाउन मन्त्री यादवको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार २o:o८:oo

खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ स्थित सिस्नेरीबाट ललितपुरको सैँबुमा ल्याइने सिस्नेरी खानेपानी आयोजनाकाे काम अगाडि बढाउन निर्देशन दिएका छन्।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरी खानेपानी आयोजनाको अध्ययनसम्बन्धी हालसम्मको प्रगतिबारेको छलफल कार्यक्रममा मन्त्री यादवले सिस्नेरी खानेपानी आयोजनाकाे काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिए।

‘बाह्रै महिना पानी खान पाउने उपत्यकावासीको सपना पूरा हुन सकेको छैन। अब हामीले सिस्नेरीको पानी उपत्यकामा पुर्‍याएर त्यो सपना साकार पार्नुपर्छ,’ उनले भने, ‘यसका लागि सिस्नेरी खानेपानी आयोजनाकाे काम अगाडि बढाउनुहोस्।’ 

मन्त्री यादवले सिस्नेरी खानेपानी आयोजनाकाे काम अगाडि बढाउन मन्त्रालयको पूर्ण सहयोग रहने आश्वासनसमेत दिए। उनले भने, ‘तपाईंहरू सिस्नेरी खानेपानी आयोजनाका बाँकी काम अगाडि बढाउनुस्, मन्त्रालयको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुन्छ।’