न्याय परिषदले सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस गरेको छ। प्रधानन्यायाधीश अध्यक्ष रहने परिषदले नेपाल बार एसोसियसनको विरोधका बाबजुद न्यायाधीश सिफारिस गरेको हो।
शुक्रबार बसेको परिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
सर्वोच्चमा ६ न्यायाधीश रिक्त रहेकोमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जाँदाजाँदै दुई क्याडर जजलाई नियुक्ति सिफारिस गरेका छन्। प्रधानन्यायाधीश श्रेष्ठ २० असोजमा सेवानिवृत्त हुँदै छन्।