Skip This
युनाइटेड मेवा जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
२o८१ असोज २ बुधबार o९:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युनाइटेड मेवा जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ 

आयोजनाको ९० प्रतिशत काम सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o९:३८:oo

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकामा बन्दै गरेको ५० मेगावाट क्षमताको युनाइटेड मेवा जलविद्युत् आयोजनाको सुरुङमार्गमा ‘ब्रेक थ्रु’ भएको छ। सुरुङमार्ग ब्रेक  थ्रु सँगै आयोजनाको ९० प्रतिशत काम सकिएको छ। 

युनाइटेड मेवा जलविद्युत् आयोजनाले निर्माण गर्दै गरेको चार हजार ८ सय मिटर सुरुङमार्गको काम पूरा भएको हो। आयोजनाका प्रमुख ओमप्रकाश चौधरीले सुरुङमार्ग ब्रेक  थ्रु भएको बताए।  प्रमुख चौधरीले सोमबार चार हजार ८ सय मिटर लामो पानी कुद्ने सुरुङमार्गको काम पूरा भएको जानकारी दिए। 

अब आयोजनाको काम करिब ९० प्रतिशत सकिएको छ। यसअघि पानी थिग्य्राउने ‘अडिट’ सुरुङमार्ग खनिसकिएको थियो। ‘अब सुरुङमार्गसहित ब्लास्टिङ पड्काएर गर्नुपर्ने परियोजनाका काम सकिएको जाकारी दिँदै प्रमुख चौधरीले काम सुरु भएको करिब २५ महिनामा सुरुङमार्गसहितका आयोजनाको पूर्वाधारतर्फका ९० प्रतिशत काम सकिएको बताए। 

पावरहाउसलगायतका काम सकिएको र रेजिडेन्ट र सर्किटसहितका कामहरू तीव्र रूपले भइरहेको जानकारी दिए । ताप्लेजुङको मिक्वाखोला वडा नं. १ र ३ प्रभाव क्षेत्र रहेको छ भने  मेरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङमा मुख्य पावरहाउस निर्माण भएको बताइएको छ । 

०७४ साल साउन १५ गते आयोजनाले विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको थियो । ०८१ सालभित्रै विद्युत् निर्माण कार्य पूरा गरी परीक्षण प्रसारण गर्ने तयारी रहेको आयोजना प्रमुख चौधरीले बताए । स्थानीयवासी तथा जिल्लावासीका लागि आइपिओ निष्कासन गर्ने तयारीमा रहेको र यस जलविद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत राष्ट्रिय विद्युत् प्रसारणलाइनमा पुग्नेसमेत चौधरीले बताए । 

ताप्लेजुङको मेवाखोलाको पानी उपयोग गरी युनाइटेड मेवा जलविद्युत् परियोजना एक सय ५८.७ मेगावाट क्षमताका पाँचवटा जलविद्युत् परियोजना निर्माणका लागि अनुमति पाएको छ भने कुनै परियोजना बन्दै गरेका छन् । केही योजना प्रक्रियामा रहेको बताइएको छ ।