मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Saturday, 22 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १ मंगलबार १४:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ फाउन्डेसनको वार्षिकोत्सवमा रक्तदान तथा निःशुल्क दन्त परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १४:२९:oo

मुक्तिनाथ फाउन्डेसनले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको यस संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम गरेको हो।

रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको र ४८ जनाले निःशुल्क दन्त परीक्षण सेवा लिएका फाउन्डेसनले जनाएको छ। रक्तदान कार्यक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने दन्त परीक्षण सेवाका लागि कान्तिपुर डेन्टल अस्पतालले प्राविधिक सहयोग गरेको थियो।

सो अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकाल  र सञ्चालक सीताराम काफ्लेले जनही १० हजार रुपैयाँ तथा सञ्चालक रामप्रसाद पोख्रेलले १५ हजार रुपैयाँ संस्थालाई आ–आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरेका थिए।

मुक्तिनाथ फाउन्डेसन सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने संस्था हो।