मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १ मंगलबार १३:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘सिंहदरबारका कुनाकाप्चा कसरी चल्छन्, देशको समस्या को हो थाहा पाउन सरकारमा गयौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १३:५१:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढंग पुर्‍याएर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। कुनै समय जनमत र ताकत पाएको माओवादीले ढंग नपुर्‍याउँदा काम गर्न नसकेको भन्दै लामिछानेले नेता–कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन्।

कमलादीमा सुरु पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘के माओवादीले पाएको थिएन र हिजो मत ? उससँग ताकत पनि  थियो, उससँग आँट पनि थियो कुनै वेला। तर, ढंग नपुर्‍याउँदा त्यत्रो ताकत र बल हुँदा पनि देशमा परिवर्तन आएन। हामीले पनि ढंग पुर्‍याउनुपर्छ साथीहरू ।’

पार्टी सरकारमा नगएको भए उपयुक्त हुने स्विकार्दै सभापति लामिछानेले भ्रष्टाचार र बिचौलियाहरूको साँठगाँठ थाहा पाउनकै लागि रास्वपा सरकारमा गएको दाबी गरे। ‘सिंहदरबारका कुनाकाप्चा कसरी चलिरहेका छन्, कहाँ–कहाँ भ्रष्टाचार हुन्छ, कसले यो देशको बाटो रोकेको छ, बिचौलियाहरू को–को हुन्, कसको कोसँग साँठगाँठ छ, कहाँ को मिलेका छन्, यो देशको समस्या को हो भन्ने कुरा सिंहदरबार छिरेपछि थाहा हुन्छ। हामी त्यतिका लागि सिंहदरबार गएका हौँ,’ उनले भने।