१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Saturday, 12 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार १o:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरमा ९५.५ प्रतिशत साक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १o:२८:oo

काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५.५ प्रतिशत रहेको जनाएको छ ।

कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसंख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

आव ०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिइन् । गत आवमा रु. २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार रुपैयाँ मात्र खर्च भएको छ । 

काठमाडौंका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयबाट आव ०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा  एक अर्ब ५६ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ ।