१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १२ बुधबार २o:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा बाढीका कारण १५ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार २o:o८:oo

भारतमा मुसलधारे वर्षाका कारण आएको भीषण बाढीमा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएअनुसार तटीय पश्चिमी राज्य गुजरातमा नदीले किनारा भत्काउँदा २३ हजारभन्दा बढी मानिसलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ। 

बिजनेस स्ट्यान्डर्ड पत्रिकाले सोमबारदेखि राज्यका आठ जिल्लामा १५ जनाको मृत्यु भएको बताएको छ। मुख्यमन्त्री भूपेन्द्र पटेलले सामाजिक सञ्जाल पोस्टमा मछुवाहरूलाई समुद्रमा यात्रा नगर्न सल्लाह दिएका छन्।

मनसुनी वर्षाले हरेक वर्ष व्यापक विनास निम्त्याउँछ। जलवायु परिवर्तनले मौसमको ढाँचालाई बदलिरहेको र चरम मौसमी घटनाहरूको संख्या बढिरहेको विज्ञहरूले बताएका छन्। 

उत्तरपूर्वी राज्य त्रिपुरामा गत साता बाढी र पहिरोमा परी २० जनाभन्दा बढीको मृत्यु भएको थियो। बंगलादेशमा भारी बाढीले कम्तीमा ४० जनाको मृत्यु भएको र करिब तीन लाख बासिन्दा आपत्कालीन आश्रयहरूमा शरण लिएका थिए। (रासस/एएफपी)