१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ११ मंगलबार १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पतालभित्र होहल्ला गरेकाे भन्दै वीर अस्पताल कर्मचारी युनियनका सचिव पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार १८:४१:oo

मादक पदार्थ सेवन गरी वीर अस्पतालभित्र होहल्ला गरेकाे भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरीलाई प्रहरीले पक्राउ गरेको छ।

जनसेवा प्रहरीले मंगलबार दिउँसो अस्पतालपरिसर पुगेर मुडभरीलाई पक्राउ गरेको हो। अस्पतालभित्र पसेर कर्मचारीसँग मनपरी बोलेको, धम्क्याएको, उपचारमा बाधा हुने गरी अवरोध गरेकोलगायत कारण पक्राउ जनसेवा प्रहरीले जनाएको छ। 

अस्पतालभित्र होहल्ला गरेपछि अस्पताल प्रशासनले प्रहरी बोलाएको थियो। प्रहरीले भ्यानमा राखेर मुडभरीलाई जनसेवा प्रहरी कार्यालयमा लगेको छ। ‘पटक-पटक अस्पतालमा आएर होहल्ला गर्ने र धम्क्याउने गरेपछि प्रहरीलाई बोलाएका हौँ,’ अस्पताल प्रशासनका एक कर्मचारीले भने, ‘मंगलबार पनि मादक पदार्थ सेवा गरेर होहल्ला गरेपछि प्रहरी बोलाएका हौँ।’