१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ११ मंगलबार १५:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वविद्यालयको नीति तथा कार्यक्रमबाटै प्रधानमन्त्रीको हस्तक्षेप सुरु : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार १५:३२:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रमबाटै प्रधानमन्त्रीले हस्तक्षेप सुरु गरेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पदाधिकारीको सुरक्षाका लागि शिक्षामन्त्रीले गृहमन्त्रीलाई सामाजिक सञ्जालबाट आह्वान गर्नुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए।

‘विश्वविद्यालयको नीति तथा कार्यक्रमबाटै प्रधानमन्त्रीजिले हस्तक्षेप सुरु गर्नुभयो। मेरिटोक्रेसी मिचिँदै जाँदा अब त विश्विद्यालयका पदाधिकारीको सुरक्षाका लागि शिक्षामन्त्रीले गृहमन्त्रीलाई सामाजिक सञ्जालबाट आह्वान गर्ने विडम्बनापूर्ण अवस्थासम्म आएको देखियो,’ उनले भने, ‘के यही हो सरकारको समन्वय ? जहाँ बेहाल छ त्यहाँ कुनै चासो नहुने जहाँ सुधार छ नाफामा गएका छन्, त्यहाँ समस्या खडा गर्दै जाने ?’

अध्यक्ष प्रचण्डले अहिले समग्र शिक्षा प्रणाली प्रश्नैप्रश्नले घेरिएको बताउँदै ठुलो आर्थिक शैक्षिक सामाजिक असन्तुलन आउने गरी विदेशमा उच्च शिक्षा पढ्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढ्दै गएको बताए।

‘राजनीति भागबन्डाबाट थिलथिलो भएको उच्च शिक्षामा सुधार ल्याउन प्रधानमन्त्रीको रूपमा मैले पदाधिकारीको नियुक्तिमा मेरिटोक्रेसी सुरु गरेँ, त्रिभुवन विश्वविद्यालयमा त्यसका प्रारम्भिक परिणामहरू आउँदै पनि थिए, शैक्षिक क्यालेन्डर कार्यान्वयन हुँदै थियो, केही हप्ताअघि उत्साहजनक उदाहरण दिन्छु म,’ उनले भने, ‘मानविकी तथा सामाजिक संकायअन्तर्गतको एउटा विषयको परीक्षाफल परीक्षा सकिएको चार दिनमै प्रकाशन भयो, अब विश्वविद्यालयले सबै परीक्षाको नतिजा बढीमा सय दिनभित्रै सार्वजनिक गर्ने तयारीमा छ, गत वर्षका बाँकी परीक्षाको नतिजा एक साताभित्रै प्रकाशन गर्ने तयारी छ।’