१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका सिन्धुली
२o८१ भदौ १० सोमबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर सिन्धुलीमा महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुली
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १८:५२:oo

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ३ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिहरपुरगढी गाउँपालिका– १, शिखरकी छलीमाया गोले रहेको स्थानीयले बताएका छन्।

हरिहरपुरगढी गाउँपालिका– ३, माडीमा खेतमा धान गोड्ने क्रममा चट्याङ लागेर गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चट्याङले अन्य दुई महिला पनि घाइते भएका छन्।