१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
दीपक भट्ट रामेछाप
२o८१ भदौ १० सोमबार १५:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछाप पहिरोमा हराएकामध्ये थप एककाे शव फेला, तीनजना अझै बेपत्ता

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १५:३o:oo

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ३ लेखर्कमा शनिबार राति गएको पहिरोमा परी हराएका चारमध्ये एकजनाको शव फेला परेको छ। 

आज सोमबार बिहानदेखि खोजीकार्यमा जुटेका स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले पहिरोमा परी बेपत्ता भएकी ७५ वर्षीया पुड्की पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए।

पहिरोले घर बगाउँदा बेपत्ता भएका ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनिता पहरीको खोजीकार्य भइरहेको छ। उक्त पहिरोले चार घर बगाउँदा ११ जना हराएका थिए। जसमध्ये एकजनाको जीवितै उद्धार गरिएको थियो।

यसबाहेक हराएकामध्ये आइतबार ३२ वर्षकी चण्डिका थापामगर र उनका १८ महिनाका छोरा आयुष श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव निकालिएको थियो।