१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
२o८१ भदौ १० सोमबार १४:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १४:५o:oo

माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सोमबार सकिएको छ।
आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू सहभागी थिए। 

बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी गरी ५९ जनाले पार्टी निर्माणका लागि सुझाव पेस गरेका थिए। बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेका थिए।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको माओवादीले जनाएको छ। उसका अनुसार यसक्रममा बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ। 

आउँदो १२ र १३ भदौमा सुदूरपश्चिम प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको परामर्श बैठक बस्नेछ।

बैठकमा अध्यक्ष प्रचण्डलगायतका केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श लिने गरेका छन्। प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन्।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिक रूपमा जनतामा जाने माओवादीको तयारी छ।