१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधामन्त्री केपी ओली । तस्बिर: दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १० सोमबार १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीमा घुमुवा राख्ने शैलीबाट अब अपराध नियन्त्रण हुँदैन: प्रधानमन्त्री ओली

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १२:३१:oo

प्रधानमन्त्री केपी ओलीले सुचना संकलनका लागि घुमुवा राख्ने पुरानो शैलीले शान्ति सुरक्षा कायम हुन नसक्ने दाबी गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन सोमबार उद्घाटन गर्दै प्रधामन्त्री ओलीले अपराधपछिको अनुसन्धानभन्दा पनि अपराध नै हुन नदिनेतर्फ प्रहरी लाग्नुपर्ने बताए। 

उनले भने, ‘प्रहरीमा घुमुवा राख्ने चलन छ। यो पुरानो शैली भयो। यसबाट अब अपराध नियन्त्रण हुँदैन। प्रहरी अपराध भएपछि सक्रिय हुने होइन। अपराध नै हुन नदिनेतर्फ प्रहरी लाग्नुपर्छ, ताकि अपराध गर्नुपूर्व जो कोहीलाई लागोस् कि प्रहरीले पक्राउ गर्छ भन्ने।’

प्रहरी संगठनलाई सरकारले अमुक व्यक्तिलाई फसाउने उद्देश्यले निर्देशन नदिने भन्दै प्रधानमन्त्री ओलीले कानुन संगत कार्यमा ढुक्क भएर लाग्न निर्देशन दिए । 

उनले भने, ‘यो सरकारले फलानोलाई फसाउनू भन्दै अनावश्यक निर्देशन दिँदैन। कोही निर्दोषलाई पनि दोषी करार गर्नुहुँदैन। यस्तो प्रयास जो कोहीबाट गरिनुहुँदैन। कानुनसंगत काम गर्न प्रहरी स्वतन्त्र छ। ढुक्क भएर काम गर्नुहोेस्।’

कार्यक्रममा 
नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी परिसर काठमाडौंको भवन निर्माण भएको हो। भवन उद्घाटन समारोहमा गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलगायत उपस्थित थिए।