१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
२o८१ भदौ १० सोमबार १२:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटा प्रहरीद्वारा करिब ११ सय केजी गाँजा नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १२:१७:oo

जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको गाँजा जलाएर नष्ट गरेको छ। गत जेठ यता विभिन्न समयमा बरामद गरेको एक हजार ८३ केजी गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार शाहको नेतृत्वमा धनकुटा नगरपालिका–९ स्थित मुलघाट तमोर नदीको किनारमा गाँजा नष्ट गरिएको हो। धनकुटाको साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिकालगायतका विभिन्न स्थानबाट बरामद गरेको गाँजा जलाएर नष्ट गरिएको प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए।

साँगुरीगढी र सहिदभूमि गाउँपालिकाका विभिन्न क्षेत्रमा गाँजा उत्पादन हुँदै आएको छ। ती क्षेत्रमा उत्पादित गाँजा साँगुरीगढी गाउँपालिका–६ भेडेटार हुँदै तराईतिर लैजाने गरिएको पाइएको छ। त्यसक्रममा प्रहरीले निगरानी गरी गाँजा नियन्त्रणमा लिँदै आएको छ।

खास गरेर सहिदभूमिको छिन्ताङ र साँगुरीगढीको आहाले महाभारत क्षेत्रमा गाँजा बढी मात्रामा उत्पादन हुने गरेको छ। सो क्षेत्रमा प्रहरीले बर्षैपिच्छे गाँजा खेती नष्ट गर्दै आएको छ। तर पनि लुकिछिपी गाँजा ओसारपसार तथा विक्रीवितरण कार्य रोकिन सकेको छैन।