१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ जेठ ८ बुधबार १४:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

भन्सार छलेर ल्याइएको अवैध समान बरामद

Read Time : < 1 मिनेट
२०७६ जेठ ८ बुधबार १४:५२:००

बर्दिया प्रहरीले भारतबाट भन्सार छलि गरेर अवैधरुपमा ल्याइएका सामान बरामद गरेको छ । मंगलबार राति ८ बजेको समयमा बर्दिया बढैयाताल गाउँपालिका ७ कर्णालीपुरबाट वेवारिसे अवस्थामा संकलन गरी राखेको सामान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

बरामद गरीएको समानको मूल्य करिब ३८ हजार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले लुगा धुने सोडा, चिनी, मिठाई, बिडी, सुर्ती, भेलीलगायतका सामानबरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।