१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार २o:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१६ वर्षीया बालिकामाथि झापामा सामूहिक बलात्कार

६ जना पक्राउ, एक फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार २o:३९:oo

झापामा एक बालिकामाथि सातजनाले सामूहिक बलात्कार गरेका छन्। अर्जुनधाराका दुई स्थानमा पटक-पटक गरेर सातजनाले एक १६ वर्षीया बालिकामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

ती बालिकाको परिवारले इलाका प्रहरी कार्यालय, अनारमनीमा शनिबार जाहेरी दिएपछि शनिबार र आइतबार गरेर बलात्कारमा संलग्नमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिए।

बालिका र उनको परिवारको जाहेरीका आधारमा प्रहरीले नगरपालिका- ५, का १९ वर्षीय अनिश लिम्बू, अर्जुनधारा-८, का ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, अर्जुनधारा-८, का १९ वर्षीय सुनील राजवंशी, अर्जुनधारा-७, का २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगीलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै, बलात्कारमा संलग्न सञ्जीव तामाङ भने फरार रहेको र उनको खोजी भइरहेको प्रवक्ता चन्दले जानकारी दिए।

कक्षा-८ मा पढ्ने ती बालिकालाई शुक्रबार राति करिब ८ः१५ बजे सरोज राई, केशव मगर र सुनील राजवंशीले अर्जुनधारा-८, नयाँबजारको बाख्रा हटियामा पुर्‍याएर त्यहाँ रहेको फलैँचामा बलात्कार गरेका थिए। त्यसपछि अन्य चारजनाले करिब ११ बजेतिर अर्जुनधारा-७, स्थित होटेल एन्ड रिसोर्टमा लगेर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ।

बालिका विपन्न परिवारकी रहेकाले ललाइफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ। ‘शुक्रबार राति बालिका घर नआएपछि परिवारले प्रहरीमा खबर गरेका थिए। हामीले पनि खोजतलास गरिरहेका थियौँ,’ प्रवक्ता चन्दले भने, ‘बलात्कार गर्नेले नै बालिकालाई बिहान बाइकमा घर छाडिदिएछन्। त्यसपछि सोधीखोजी गर्दा बलात्कार भएको पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएको हो।’

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार पीडित बालिकाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पक्राउ परेकाविरुद्ध जबर्जस्ती करणी मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।