१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ९ आइतबार १४:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १४:५६:oo

प्रधानमन्त्री केपी ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औँ सभा बैठकमा कुलपति  ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस  विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएको उल्लेख गर्दै बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए।

‘बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन। यसका लागि ज्ञान र मन चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ। हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनु छ। दृढ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौँ र सफलतामा पुग्न सक्छौँ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मंसिरमा हुने तेस्रो दीक्षान्तका लागि २८५ विद्यार्थीको ग्रेस लिस्टका साथै यस आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ।