१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
तस्बिर : बिजनेस टुडे
रासस तेल अभीभ
२o८१ भदौ ९ आइतबार १४:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलमा आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा

Read Time : < 1 मिनेट
रासस, तेल अभीभ
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १४:३५:oo

लेबनानसँगको बढ्दो तनावबिच इजरायलले आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ। इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका छन्। यसले इजरायली रक्षा बल (आइडिएफ)को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ। 

मन्त्रिपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ। इजरायलमा तनाव बढ्दै गएको छ। यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका साथ रहन भनिएको छ।

आज बिहान इजरायली डिफेन्स फोर्स (आइडिएफ)का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुन सक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएका छन्।

एक पत्रकार सम्मेलनमा आइडिएफका प्रवक्ताले भने, ‘हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ। यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ। तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ।’

‘आइडिएफले इजरायली नागरिकको सुरक्षाका लागि आवश्यक सबै तयारी गरिरहेको छ र गर्नेछ,’ उनले भने।

गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमान्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो। इरानको सम्भावित आक्रमणविरुद्ध  इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ।