१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार १३:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कुमारी बैंक र ह्वाइट आर्क डेन्टल क्लिनिकबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १३:२२:oo

कुमारी बैंक लिमिटेड र बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबिच कुमारी बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो क्लिनिकबाट सेवा लिँदा सम्पूर्ण सेवामा कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने कुमारी बैंकका ग्राहकहरूलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह निःशुल्क रूपमा उपलब्ध हुनेछ। यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ एकाइहरूमार्फत बैंकिङ सेवा दिँदै आएको छ।