१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
विदुर पौडेल सिन्धुली
२o८१ भदौ ८ शनिबार २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनकोशी नदीमा जिप खस्याे, तीन बेपत्ता, एक यात्रु पौडिएर निस्किए

Read Time : < 1 मिनेट
विदुर पौडेल, सिन्धुली
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार २o:oo:oo

खोटाङको हलेसी महादेवको दर्शन गरेर फर्किएको हाइलेक्स जिप सुनकोशी नदीमा खसेको छ। जिप खस्दा तीनजना बेपत्ता भएका छन्। चारजना सवार जिपबाट एक यात्रु पौडिएर निस्किएका छन्।

बेपत्ता भएका तीनजनाको अवस्था अज्ञात रहेको स्थानीयले बताएका छन्। भक्तपुर जिल्लाबाट हलेसी दर्शन गरी फर्किने क्रममा दर्शनार्थीहरू चढेको हाइलक्स गाडी दुर्घटनामा परेको स्थानीय गौरव कार्कीले जानकारी दिए।

सिन्धुलीको गोलन्जोर गाउँपालिका– १, अन्तर्गत च्याखुटार र कुँडुलेको बिच भागतिरबाट हाइलक्स गाडी सुनकोशी नदीमा खसेको उनले बताए। 
पौडिएर निस्किएका व्यक्ति घाइते अवस्थामा रहेकोले दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको कार्कीले बताए।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधिहरू, स्थानीयहरू उद्धार कार्यमा खटिएको कार्कीले जानकारी दिए।