१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ८ शनिबार १९:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार १९:४९:oo

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका- १, पथलैयामा शनिबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ।

पथलैयाबाट सिमरा जाने क्रममा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो भने मोटरसाइकल भुइँमा बजारिँदा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। 

दुर्घटनामा बा. ७५प ५४५१ नम्बरको मोटरसाइकलचालक पथलैयाका ३० वर्षीय आदेश लामाको मृत्यु भएको हो। पोस्टमार्टमका लागि शव अस्पताल लगिएको छ।

दुर्घटनामा परेर एक पैदल यात्रु घाइते भएका छन्। उनी हेटौँडा उपमहानगरपालिका- १५, का २१ वर्षीय रिकेश रुम्बा घाइते रहेको प्रहरीले जनाएको छ। उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनाको थप अनुसन्धानसमेत सुरु गरेको जनाएको छ।