१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
तस्बिर : केशवप्रसाद भट्टराई/नयाँ पत्रिका ।
२o८१ भदौ ८ शनिबार १८:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ताप्लेजुङ गोल्डकपः फाइनलमा सिराहा र मोरङको भिडन्त हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार १८:४७:oo

बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई पराजित गर्दै सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 
पेनाल्टी सुटआउटमा ४–२ को गोलअन्तरले बिर्तामोडलाई पराजित गर्दै सलहेश सिराहा फाइनलमा पुग्ने दोस्रो टिम बनेको हो। 

शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको समयावधिमा एक–एक गोल बराबरी खेलेका दुवै टोली थपिएको १५ मिनेटको अतिरिक्त समयमा गोल गर्न असहमत भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। 

निर्धारित समयावधिको खेलमा भने खेल सुरु भएको १८औँ मिनेटमा सिराहाको तर्फबाट विदेशी खेलाडी ग्लोरी जोनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

सिराहाको अग्रतालाई खेलको ५६औँ मिनेटमा झापाका सौरभ सुब्बाले गोल गर्दै बराबरीमा पुर्याएका थिए। त्यसपछिको समय र थप भएको अतिरिक्त समयमा समेत दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न सकेनन्। 

पेनाल्टी सुटआउटमा सिराहाका जय भण्डारी, आदित्य शाक्य, सन्तोष क्षेत्री र प्रभाष दनुवारले १–१ गोल गर्दै ४ गोल बनाए। तर, सिराहाकै सिर्जन क्षेत्रीले हानेको गोल भने झापाका गोलकिपर अम्बिका बरालले विफल बनाएका थिए । 

उता, झापाका तर्फबाट पेनल्टी सुटआउटमा हिसव थपलिया र रोहन कार्कीले १–१ गोल गर्दै २ बनाएका थिए। तर, झापाकै निमा तामाङले हानेको गोल सिराहाका गोलकिपर प्रदीप भण्डारीले विफल बनाए दिए। यस्तै, झापाकै सौरभ लिम्बूले हानेको बल पोलमा ठोक्किएर आउट भएपछि ४–२ गोल गर्दै सिराहा फाइनलमा पुग्ने दोस्रो टिम बनेको हो।  

शनिबारको सेमीफाइनलमा जित निकालेको सिराहाले सोमबार हुने फाइनलमा सगरमाथा युथ क्लब मोरङसँग उपाधि भिडन्त हुने छ । यता, शनिबार भएको खेलमा सलहेश युवा क्लबका गोलरक्षक प्रदीप भण्डारी सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे।

यसवर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार पाउने छ। त्यस्तै, उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ रुपँयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए।