१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
तस्बिर : विवेक पाेख्रेल/नयाँ पत्रिका ।
२o८१ भदौ ८ शनिबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बस दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकको शव भारत लैजाने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार १६:१६:oo

मर्स्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका भारतीय पर्यटकको शव भारतीय एयरफोर्सको जहाजबाट भारत लैजाने तयारी भइरहेको छ।

पोखराबाट काठमाडौं जाने क्रममा शनिबार पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा बस खस्दा २७ भारतीय पर्यटकको ज्यान गएको थियो। चितवनस्थित भरतपुर अस्पतालमा सबै मृतकको पोस्टमार्टम गरिसकेपछि शव भारत लैजाने तयारी भएको हो।

शव लिन भारतीय एयरफोर्सको जहाज भरतपुर विमानस्थलमा तयारी अवस्थामा राखिएको छ। केहीबेरमै ती शव लिएर भारतीय जहाज भारत उड्नेछ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सीधै शव लैजाने निर्णय गरेको हो।