राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसदमा आकस्मिक समयमा आफ्नो कुरा राख्दाराख्दै सभामुखले लाइन काटेपछि संसदमा हंगामा मच्चिएको छ ।
सांसद ढकालले आकस्मिक समयमा सडकको विषयमा बोल्न माग गरेको र त्यो कुरा राखिसकेपछि विद्युत् प्राधिकरणको विषय उठान गर्दागर्दै उनको लाइन काटिएको थियो ।
ढकाल बोल्दाबोल्दै सभामुख देवराज घिमिरेले विषय विषयान्तर भएको भन्दै उनलाई बीचमै रोकेका थिए । ढकाललाई आफ्नो कुरा राख्न दिनुपर्ने माग गर्दै अहिले संसद् अवरुद्ध भएको छ।