१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २५ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण २५ शुक्रबार o८:३३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी उत्तमराज सुवेदीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण २५ शुक्रबार o८:३३:oo

पछिल्ला तीन वर्षमा प्रहरीमा दर्ता हुने अपराध करिब ५० प्रतिशतले बढेका छन्, किन होला ? 
अपराध वृद्धि हुनुमा विविध कारण हुन्छन् । आर्थिक कारोबार बिग्रँदा विश्वासघात बढेका छन् । जसले प्रहरीमा चेक बाउन्सजस्ता लेनदेनका मुद्दा बढेका छन् । अर्कातर्फ सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधमा पनि वृद्धि भएको छ । अवैध सम्बन्धका कारण कतिपय गम्भीर किसिमका अपराध पनि भएका देखिन्छन् । कतिपय अवस्थामा प्रहरीको सक्रियताले पनि अपराधको संख्या बढेको हुन सक्छ । लागुऔषध कारोबारविरुद्ध पछिल्लो समय प्रहरीले निर्ममतापूर्वक कारबाही गरेकाले पनि मुद्दा बढेको छ । 

पेसेबर र संगठित किसिमका अपराधचाहिँ घट्दै गएका हुन् ? 
धेरै हदसम्म नियन्त्रण भएको छ । यसको मुख्य कारण प्रहरी सक्रियता नै हो । हिजो अपहरणसम्बन्धी कानुन नै थिएन । पछि प्रहरीले निकै मिहिनेत गरेर अप्रेसन चलायो । गुन्डागर्दीविरुद्ध पनि प्रहरीको एउटा पुस्ताले नै शून्य सहनशीलताको नीति लिएर कारबाही गर्‍यो । कति त इन्काउन्टरमै मारिए । पछिल्लो समय तराईका जिल्लामा लुटपाटका घटना बढ्न थालेका छन् । सीमापार अपराधका घटना पनि बढेका देखिन्छन् । यसमा सचेत हुनुपर्छ । 

अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले केमा ध्यान दिनुपर्ला ? 
प्रहरी अनुसन्धानमा प्रविधि र नयाँ शैलीका अपराध अनुसन्धानका लागि दक्ष जनशक्तिको अभाव हुन थालेको छ । अर्कातर्फ अनुसन्धानमा खटिने प्रहरीलाई प्रोत्साहनको आवश्यक छ । अहिले मनोबल कमजोर भएको अवस्था छ । विशिष्टीकृत निकायले गर्ने अनुसन्धानलाई समेत जबर्जस्ती विवादमा तान्ने तथा सानातिना त्रुटिलाई उचाल्ने प्रवृत्ति देखिएको छ । यसलाई रोकेर अपराध अनुसन्धानमा खटिने जनशक्तिलाई सरकार र प्रहरी संगठनबाट प्रोत्साहन गरिनुपर्छ ।