मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Wednesday, 22 January, 2025
२o८१ श्रावण १९ शनिबार ११:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धार्चे पहिरो  :  बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार ११:५५:oo

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एकजनाको शव सात दिनपछि फेला परेको छ। आरुघाट गाउँपालिका– ८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताए। ट्याक्टरचालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जितबहादुर गुरुङको कृषि फार्ममा वास बस्ने क्रममा राति गएको पहिरोमा परेर बेपत्ता भएका थिए।

गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँचजना बेपत्ता भएका थिए। बेपत्ता भएका ७० वर्षीय सुलालकान्छा गुरुङ, ३७ वर्षीय जितबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो। पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए। घाइतेहरूको काठमाडाैंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

छुटाउनुभयो की ?