सिस्नेरीमा सुमो दुर्घटना, १० जना घाइते, तीनजनाको अवस्था गम्भीर

शनिबार, १९ साउन, २०८१
डिजिटल संस्करण

मकवानपुरको सिस्नेरीमा टाटा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

शनिबार बिहान काठमाडौंबाट वीरगन्जका लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिए। 

उनका अनुसार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजारनजिकै सुमो दुर्घटना भएको हो। घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको निरीक्षक साहले बताए। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको उनको भनाइ छ।
 

सुझावित समाचार