१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण १२ शनिबार १९:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवाजीको शरीर एमालेतिर, मन हामीतिर छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १९:o३:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको शरीर एमालेसँगको गठबन्धनमा भए पनि मन आफूहरूतर्फ भएको बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको जन्मशताब्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले कांग्रेस सभापति देउवाको मन अहिले पनि आफूहरूतिरै रहेको बताएका हुन्।

‘हामीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई पनि यहाँ बोलाएका थियौँ। शेरबहादुरजी अहिले आत्तिनुभएको होला। यहाँ आयो भने केपी शर्मा ओलीले फेरि नकारात्मक रूपमा लिन्छन् कि भनेर ठान्नुभएको होला,’ उनले भने, ‘हामी बुझ्दछौँ सबै कुरा, यो मुटुको धड्कन अलअलि बुझिहालिन्छ। केही फरक पर्ने वाला छैन। शेरबहादुरजी तपाईं आउन नपाए पनि तपाईंको भावना हामीसँग छ भनेर ठानेका छौँ। शरीर त्यहीँ छ, मन यतापट्टि छ।’

उनले एमालेसँग सत्तागठबन्धन बनाएका देउवालाई सतर्क रहन सचेत पनि गराए। ‘संविधान संशोधन गर्न अहिलेको राजनीतिमा तपाईंले जुन पहल गर्न खोज्नुभएको छ। त्यो राम्रो मनसायले हो कि होइन, राम्ररी बुझ्नुहोला। यो संविधान संशोधनजस्तोे विषय के गोप्य रूपमा गर्ने विषय हो?’

उनले संविधानसभाबाट संविधान निर्माण भएको लगभग दश वर्षको अभ्यासको समीक्षा आवश्यक भए पनि गुपचुपमा संविधान संशोधनको कुरा जायज नभएको जिकिर गरे। 

‘संविधानको हामीले समीक्षा गर्नुपर्ने आवश्यकता पनि छ। तर, गुपचुपमा संविधान संशोधन गर्ने कुरा कति जाजय हो? मूल कुरा के हो? संविधान संशोधन? होइन, मूल कुरा अर्को छ,’ अध्यक्ष नेपालले भने, ‘नेपाली जनताको निकै ठूलो त्याग तपस्या, बलिदानबाट बनेको यो संविधानमा आघात पुर्‍याउने कुनै काम नहोस्।’

उनले आआफ्ना स्वार्थ सिद्ध गर्नका लागि अनेक किसिमका जामा पहिरिने गरेको भन्दै वास्तविकता समय क्रममा उजागर हुने दाबी गरे।