१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण १२ शनिबार १८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिको बैठक १४ साउनमा बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १८:३३:oo

संसदीय सुनुवाइ समितिको बैठक १४ साउनका लागि बोलाइएको छ। आगामी सोमबार बिहान सिंहदरबारस्थित समितिको हलमा बैठक बस्नेछ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिनसक्नेछ।

निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका प्रधानको संसदीय सुनुवाइ भइसकेको छ। कानुन समाजका कार्यकारी निर्देशक प्रधानमाथि सहकर्मीमाथि यौनशोषणको गम्भीर आरोप छ।