१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण १२ शनिबार १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस–एमाले जनताका अधिकार खोस्ने पक्षमा छन्ः प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १८:१७:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानबाट जनताका अधिकार खोस्ने गरी कांग्रेस र एमालेले संविधान संशोधनको विषय अघि सारेको बताएका छन्।

पुष्पलालको जन्मशताब्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले देशका दुई ठूला दल जनताका अधिकार खोस्ने प्रयासमा रहेको बताएका हुन्।

तर, त्यस्तो हुन नदिने बताएका प्रचण्डले जरुरी परे फेरि सडकमा पलेँटी कसेरै भए पनि संविधान संशोधनका लागि हुने दुष्प्रयास रोक्ने धारणा व्यक्त गरे।

‘नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस हुँदै छ,’ उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौँ। तर, जनताले प्राप्त गरेका अधिकार खोस्न होइन, जनतालाई अझ अधिकार पुगेको छैन। त्यो अधिकार दिलाउने पक्षमा छौँ। जरुरी पर्छ भने सडकमा पलेँटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तिनीहरूको दुष्प्रयास सफल दिँदैनौँ।’