१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण १२ शनिबार o८:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्पेनिस लगानीकर्तालाई नेपालमा लगानी बढाउन ढकालको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o८:३९:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनिस लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । उनले नेपालमा लगानीका प्रशस्त अवसर भएको भन्दै त्यसको सदुपयोग गर्न उनले सुझावसमेत दिए ।

महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गरेका हुन् ।

भेटमा ढकालले नेपाल र स्पेनबीचको व्यापारको तथ्यांकलाई प्रस्तुत गर्दै  बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई दुई च्याम्बरले व्यापार र लगानीका लागि कसरी राम्रो सहकार्य गर्न सकिन्छ भन्ने उपाय खोज्न आग्रह गरे । उनले दुई चेम्बरबीच राम्रो सम्बन्ध कायम भएमा नेपालले स्पेनमा निर्यात बढाउन सहयोग पुग्ने बताए ।

ढकालले पछिल्लो दशकमा नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ प्रतिशतदेखि ६ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । महासंघको पहलमा सरकारले आठवटा लगानी ऐन परिमार्जन गरेको उनले बताए । ‘यी सुधारहरू विदेशी लगानीका लागि थप अनुकूल वातावरण सिर्जना गर्न र नेपालमा व्यापार गर्न सहजता सुनिश्चित गर्न गरिएको हो,’ उनले भने ।

ढकालले बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई नेपालमा सबै क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको बताए । उनले भारत र चीनबीचको नेपालको रणनीतिक स्थानले विश्वका दुई ठूला बजारमा व्यापार र लगानीका लागि अनुपम अवसर उपलब्ध गराएको उल्लेख गरे । ‘हामीले विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले खुला र उदार व्यापार नीति लिएका छौँ,’ उनले भने ।

यसैबीच, बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचले दुई च्याम्बरबीच राम्रो सहकार्य हुन सक्ने बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघसँग राम्रो साझेदारीका लागि पहल गर्ने बताए । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले साझेदारी कायम गर्न सके दुवै चेम्बरका लागि फाइदा हुने बताए ।