मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Wednesday, 02 September, 2026
२o८१ श्रावण ७ सोमबार १७:२४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार १७:२४:oo

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन्। एमाले संसदीय दलका उपनेता आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि २४ घण्टाभित्र दाबी पेस गर्न प्रदेश प्रमुखले समय दिएका थिए। कांग्रेस–एमालेको गठबन्धनबाट आचार्यले मुख्यमन्त्रीमा सोमबार दिउँसो दाबी पेस गरेपछि प्रदेश प्रमुखले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री भइसकेका छन्।