मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ३१ सोमबार
  • Friday, 14 August, 2026
२o८१ असार ३१ सोमबार १७:o१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनको कुल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३१ सोमबार १७:o१:oo

चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्ध वार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस) को तथ्यांकले देखाएको छ।

चीनको जिडिपी पहिलो अर्ध वार्षिक अवधिमा ६१.६८ ट्रिलियन युआन अर्थात् करिब ८.६५ ट्रिलियन अमेरिकी डलर पुगेको एनबिएसको तथ्यांकले देखाएको छ।

एनबिएसका अनुसार दोस्रो त्रैमासिकमा देशको जिडिपी वार्षिक ४.७ प्रतिशतले बढेको छ। 

समग्रमा, राष्ट्रिय अर्थतन्त्र पहिलो अर्ध वार्षिकमा स्थिर रहेको जनाउँदै नीतिगत प्रोत्साहन, बाह्य मागमा पुनरुत्थान र नयाँ गुणस्तरको उत्पादक शक्तिको विकासलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ।  

एनबिएसका अनुसार उद्योगले पहिलो अर्ध वार्षिकमा वर्षमा ५.८ प्रतिशत प्राथमिक उद्योगमा ३.५ प्रतिशत र सेवा क्षेत्रमा ४.६ प्रतिशतले वृद्धि भएको छ।