मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार २९ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २९ शनिबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले तय गर्‍यो मन्त्री चयनको मापदण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २९ शनिबार १८:२८:oo

नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने मापदण्ड तय गरेको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेसँगको सहमतिअनुसार सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनको मापदण्ड तय गरेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार योगदान र योग्यताको आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई  ध्यानमा राखेर पार्टीबाट मन्त्रीहरू चयन गर्ने निर्णय भएको छ।

पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बसेको बैठकले सिमलतालसहित देशका विभिन्न स्थानमा भएको बाढीपहिरो र डुबानका घटनामा दुःख व्यक्त गर्दै युद्धस्तरमा उद्धार, बेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार र राहतको कार्यमा सक्रिय हुन सरकारलाई आग्रह गरेको छ।

‘सडक दुर्घटनाको दुःखद अवस्था अन्त्य गर्न पर्याप्त अध्ययन गरी सडक दुर्घटना न्यूनीकरणसम्बन्धी आवश्यक कानुनी व्यवस्था गर्न संसदमा अविलम्व विधेयक प्रस्तुत गरेर सोबमोजिमको व्यवस्था कडाइका साथ लागू गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ,’ सार्वजनिक कांग्रेसको निर्णयमा उल्लेख छ।