मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २९ शनिबार
  • Saturday, 22 March, 2025
रासस काठमाडौं
२o८१ असार २९ शनिबार १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोसपा सरकारमा सहभागी हुने, मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २९ शनिबार १७:३७:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

पार्टी कार्यालय बबरमहलमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ।

बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको उनले जानकारी दिए।