पहिरोले दुई बस बगाउँदा त्रशूलीमा बेपत्ता, बसमा चालकसहित ६५ यात्रु रहेकाे अनुमान

शुक्रबार, २९ असार, २०८१
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ यात्रु रहेकाे बताइएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाे छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ 

सुझावित समाचार