१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका हेटाैँडा
२o८१ असार ११ मंगलबार o९:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाको बैठक आज बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैँडा
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o९:१o:oo

बागमती प्रदेश सभाको बैठक आज मंगलबार बस्दै छ । बैठक बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालय हेटौँडाले जानकारी दिएको छ । मंगलबारको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयका कृष्णहरि खड्काले जानकारी दिए । 

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड रुपैयाँ गरी कुल ६४ अर्ब ५४ करोड चार लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न बनेको विधेयक (विनियोजन विधेयक) गत असार ७ गते प्रदेश सभा बैठकमा पेस गरेको थियो । उक्त विधेयकमाथि प्रदेश सांसदहरूले मन्त्रालयगत रूपमा छलफल गर्नेछन् । बैठकमा सांसदहरूले मन्त्रालयगत बजेट कार्यक्रममा खर्च कटौतीको प्रस्तावसमेत राख्नेछन् ।