मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार १० सोमबार
  • Friday, 28 August, 2026
२o८१ असार १० सोमबार २१:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल घुम्न आएका दुई भारतीय तीर्थयात्रीको नवलपुरमा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १० सोमबार २१:३३:oo

नेपाल घुम्न आएका दुईजना भारतीय तीर्थयात्रीको नवलपुरमा मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार पशुपतिनाथ मन्दिरलगायतका नेपालका विभिन्न स्थान घुम्न आएका दुईजना भारतीय तीर्थयात्रीको नवलपुरमा आज बिहान मृत्यु भएको हो। 

सिजी ०४ ई ३४५८ नम्बरको भारतीय बसमा सवार ५५ जना यात्रुमध्ये दुईजना तीर्थयात्री अचानक बिरामी भई उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती डन्डामा उपचारको क्रममा मृत्यु भएको हो।

भारतको रौननाथ नगर थापा बलरामपुर बस्ने ५४ वर्षीया महिला रञ्जु केसरी र भारतको उत्तर प्रदेश सोनभरनिवासी ४८ वर्षीया महिला शान्ति देवीको निधन भएको हो। 

उनीहरूलाई लगातार बान्ता र पखाला भई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डन्डामा ल्याएकोमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। 

मृतकहरूको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ।