१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ८ शनिबार ११:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार महासंघको निर्वाचन घोषणाप्रति समाजवादी प्रेस संगठनको आपत्ति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार ११:५९:oo

सदस्यता विवाद हल गरेर मात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै नेपाल पत्रकार महासंघले  निर्वाचन कार्यक्रम घोषणा गरेकाे भन्दै समाजवादी प्रेस संगठनले आपत्ति जनाएको छ ।महासंघले शुक्रबार  असार २२ गतेकाे लागि निर्वाचनको कार्यकतालिका सार्वजनिक गरेपछि शनिबार संगठनका अध्यक्ष विश्वमणी सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् । 

महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आपत्ति जनाउँदै यसअघि  तालाबन्दी गर्नुपरेको घटना सम्झाउँदै उनले अहिले त्यही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक भएको उल्लेख गरे ।

उनले भने, ‘यस संगठनसहित प्रगतिशील पत्रकार संघ नेपाल र प्रेस मञ्च नेपालले उक्त सदस्यता विवरणमा आपत्ति जनाउँदै जेठ १४ गते महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला शाखामा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि जेठ २० गते छलफलका निम्ति विभिन्न संघसंगठनलाई बोलायो । दुई बुँदे सहमति गर्दै तालाबन्दी गर्नुपर्नाका कारणलाई हल गरिने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, अन्तरजिल्ला स्थानान्तरण र शुद्धीकरणका सम्बन्धमा तालाबन्दी गर्ने तीन संगठनका मागलाई सम्बोधन गरिने प्रतिवद्धता पत्रमा महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गर्नुभएको थियो । तर, महासंघले प्रतिबद्धताविपरितको सदस्यता विवरणका साथ निर्वाचनलाई अगाडि बढाउन खोज्नु निन्दनीय विषय हो ।’

पत्रकारलाई महासंघको सदस्यताबाट बञ्चित गर्ने र गैरपत्रकारका नाम थप्ने होडबाजीबीच तयार पारिएको सदस्यता सूची खारेज गरिनुपर्ने उनको माग छ ।  न्यायोचित सदस्यता सूची प्रकाशित नगरी हुने निर्वाचन महासंघलाई निश्चित संगठनको सिण्डिकेट बनाउने परिपञ्च भएकाले आफूहरुलाई  त्यस्तो निर्वाचन स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । उनले सहमतिका साथ सदस्यता विवाद सुल्झाउन र निर्वाचन कार्यक्रम ल्याउन महासंघ नेतृत्वलाई आग्रहसमेत गरे ।