मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Sunday, 19 January, 2025
२o८१ असार ८ शनिबार ११:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो : मन्त्री चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार ११:५o:oo

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४  भएको बताएकी छिन्। नेकपा एमालेकाे केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री चौधरीले एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्। 

सम्पूर्ण पार्टीपंक्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने भन्दै उनले भनिन्, ‘राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो। पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो। अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ।’

पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उनले  विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गरिन्। उनले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताइन्।