१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Friday, 18 April, 2025
२o८१ असार ६ बिहीबार १८:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार १८:३४:oo

स्रोत नखुलेको झन्डै १५ लाख रुपैयाँसहित रौतहटबाट एकजना पक्राउ परेका छन्। बौधीमाई नगरपालिका– ७ बंकुलस्थित सीमा इलाकाबाट बिहीबार दिउँसो सशस्त्र प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय युवक रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट सरमुजवाले नियन्त्रणमा लिएको हो।

बिआर ०५ बिबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा सुरक्षा फौजले चेकजाँच गरेको थियो। मोटरसाइकलको सिटमुनि लुकाइछिपाई ल्याएको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो।

पक्राउ  परेका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ।