मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Wednesday, 02 September, 2026
२o८१ असार ६ बिहीबार १७:१o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बजेटमा सहमति नजुट्दा बागमती प्रदेश सभाको बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार १७:१o:oo

बागमती प्रदेश सभाको बिहीबारको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो।

बिहीबार दिउँसो ३ बजे बस्ने तय गरिएको बैठक दलहरूबीच सहमति हुन नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको हो। बजेट सन्तुलित नभएको तथा दलीय रूपमा भएका सहमति कार्यान्वयन नभएको भन्दै प्रतिपक्ष दलले संसद् अवरुद्ध गरेका थिए।

आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमाथि छलफल गर्ने गरी बिहीबारबाट सुरु भएको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेसँगै स्थगित गरी दलहरू छलफलमा जुटेका थिए।

दलहरूबीच सहमति जुट्न नसकेपछि प्रदेश सभाको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए।

बजेटमा भएका असन्तुलन र त्रुटिलाई सच्याउने तथा संसद् सञ्चालनको विषयमा दलका नेताहरू छलफलमा रहेका उनले बताए।

बैठकमा सहभागी एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालका अनुसार बिहीबार बसेको सर्वदलीय बैठकले बजेटको कमी-कमजोरीलाई सुधार गर्ने र छुटेका विषयलाई समेट्ने विषयमा छलफल गरेको थियो। 

उक्त विषयहरू समेटेर बजेटलाई सन्तुलित र व्यवस्थित बनाउने गरी सरकारले तयारी गरेको उनले बताए।