१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अभियन्ता हौँ भन्दै ठगी गर्ने चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३१:oo

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोली विभिन्न वडामा शाखासमेत विस्तार गरेर ठगी गर्ने चारजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

अवैध रूपमा संस्था विस्तार गरी विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समिति आदिमा गएर उनीहरूले धम्क्याउने गरेको पाइएको छ ।

ती कार्यालयमा पुगेर उनीहरूले हिसाबकिताब देखाऊ नत्र भ्रष्टाचारको मुद्दा हालिदिन्छु भन्दै अनधिकृत तवरले रकम असुल्दै आएका थिए । अनधिकृत तवरले रकम असुली गरी ठगी गर्ने तथा पुष्टि नै नभएका कुराहरूलाई सामाजिक सञ्जालमा राखी चरित्र हत्या गर्नेजस्ता कार्यहरू गर्ने गरेको भनी प्रहरी वृत्त बौद्धमा परेको जाहेरीको आधारमा निज व्यक्तिहरूको खोजतलास गर्ने क्रममा सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  गोकर्णेश्वर नगरपालिका– ६ बस्ने ३१ वर्षीय राजु सुनार, सोही नगरपालिका– ८ बस्ने २६ वर्षीय आदर्श क्षेत्री, वडा नम्बर १ बस्ने २० वर्षीया असिमता खत्री र वडा नम्बर २ बस्ने प्रेमप्रसाद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।