
मकवानपुरको राक्सिराङमा सोमबार वर्षासँगै परेको चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ । मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार मकवानपुरको राक्सिराङ गाउँपालिका– २ थुम्कीमा चट्याङ लागेर वीरबहादुर प्रजाको मृत्यु भएको हो ।
मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार ४५ वर्षीय प्रजा चट्याङ लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि सोमबार साँझ हेटौँडा ल्याइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।