मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ३ सोमबार o७:o५:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्वाचन आयोगको आयुक्तमा प्रधान सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o७:o५:oo

 निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषद्कोे बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको परिषद्का सदस्य सभामुख देवराज घिमिरेले बताए । 

प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् । संसदीय समितिको सुनुवाइबाट अनुमोदन भएपछि उनले पद तथा गोपनीयताको शपथ लिनेछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको परिषद्मा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उपसभामुख इन्दिरा राना सदस्य छन् । परिषद् बैठकमा अन्य नियुक्तिबारे भने छलफल नभएको पनि सभामुख घिमिरेले बताए ।