मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३१ बिहीबार १२:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सगरमाथालाई आराम दिएर फोहोर व्यवस्थापनमा लागौँ : सोविता गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार १२:३२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले विश्वको सर्वोच्च शिखर सगरमाथालाई आराम दिनुपर्ने बताएकी छिन्।

प्रतिनिधिसभाको शून्य समयमा सांसद गौतमले सगरमाथा क्षेत्र जथाभावी फोहोरले डम्पिङसाइटमा परिणत भएको भन्दै केही समय आरोहण बन्द गरेर सफाइ गर्नुपर्ने धारणा राखेकी हुन्। 

‘हिमालतिर जाँदा लगिएका खानेकुरा, लगाउने कपडा, जुत्ता, डोरी, मलमूत्र, आरोहणमा हराएका शव इत्यादिले गर्दा सगरमाथा क्षेत्र फोहोरको पहाड हुँदै गइरहेको छ,’ उनले भनिन्, ‘बेसक्याम्पको हिउँ र पानीको ल्याब परीक्षण गर्दा माइक्रोप्लास्टिक पाइएको छ। परफ्लोरोअल्कायल, पोलिफ्लोरोअल्कायलजस्ता फोरेवर केमिकल, कहिल्यै नहराउने रसायन पाइएको छ। जुन मानव अस्तित्वकै लागि खतरा हो।’ 

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान लगभग सात प्रतिशत रहेको र जसमा हिमाल र हिमशृंखलाहरू मुख्य आधारस्तम्भ रहेको उल्लेख गर्दै गौतमले भनिन्, ‘पर्यटनको दिगो भविष्य हेर्ने हो भने अब केही समय सगरमाथालाई आराम दिएर फोहोर व्यवस्थापनमा लागौँ।’