मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Saturday, 15 March, 2025
रासस किमाथाङ्का
२o८१ जेठ ३१ बिहीबार १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा पहिरोले तीन घर बगायो

Read Time : < 1 मिनेट
रासस, किमाथाङ्का
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार १२:१६:oo

संखुवासभाको खाँदबारी नगरपालिका– ११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ। गएराति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एकजना घाइते भएका छन्।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका उनले जानकारी दिए।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका निमित्त प्रहरी प्रमुख लामिछानेले बताए। उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन्।

खाँदबारी– ४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नम्बर ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए। चिचिला गाउँपालिकाको वडा नम्बर १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ। जिल्लामा बाढी–पहिरोले के–कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ। कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ। यो कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डमा पर्दछ। 

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। पहिरोका कारण करिब रु. एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ।